Tuesday, March 2, 2010

हुनेछ

हुनेछ हाम्रो भेट फेरी
उही गोरेटोमा
जहाँ,
एक जिवन अर्को सँग छुटिने छ,
रा तेस्रो को जन्म निस्चित्

यथार्थको नौलो संसारमा
गुथिने छन नया कोपिला
र ती सँगइ,
एक जिवन बदल्ने छ

समय को लामो आन्तर्‍आल पछी
जब मेल हुनेछ
तब्,
आशु का धारा,
भावना का भेल्,
उर्लने छन्

गान्सिनेछ अन्तर आत्मिय सम बन्ध्
र कार्य
तेसैको सुधार को निम्ति
तब्,
हाम्रो भेट पुन हुनेछ
त्यही गोरेटोमा,
जिवन का त्यही पाटाहरुमा,
त्यही गोधुलिमा

No comments:

Post a Comment